तीन दलको बैठकमा प्रचण्डले माफी मागे

312
  •  
  •  
  •  

prachandaकाठमाडौं, २० कात्तिक , (ओएनएस) : बिहिबार बसेको तीन दलको बैठकमा एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माफी मागेका छन् ।

सहमति भाड्ने गरि ब्यक्तब्य दिदै हिडेको बताउदै अन्य दलका नेताहरुले गुनासो पोखेपछि प्रचण्डले माफी मागेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सहमतिको लागि आत्मआलोचना गर्ने बताएपछि प्रचण्डले माफी मागेको स्रोतले जानकारी दियो ।

यसअघि प्रचण्डले काँग्रेस र एमालेले २०४७ सालको जस्तो संबिधान जारी गर्न खोजेको आरोप लगाउदै कडा आन्दोलन गर्ने चेतवानी दिएका थिए । प्रचण्डले बुधबार पूर्वी जिल्लाहरुको भ्रमणको दौरान काँग्रेस–एमालेलाई लक्षित गर्दै आक्रोसित भाषण गरेका थिए । उक्त भनाईबारे काँग्रेस–एमालेले जवाफ मागेपछि प्रचण्डले माफी मागेका स्रोतले दाबी ग¥यो ।

बैठक पछिल्लो राजनीतिक गतिरोध अन्त्यको लागि सभामुख सुबास नेम्बाङसहित बसेको थियो । संबिधानसभाको संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा उत्पन्न भएको विवाद अन्त्यको लागि संबिधानसभा भवन बानेश्वरमा बसेको बैठक बिना निष्कर्ष स्थगित भएको थियो ।

समितिका सभापति डा. बाबुराम भट्टराई बिरामी परेपछि बैंठकमा अनुपस्थित थिए । भट्टराई अनुपस्थित भएपछि विबादित बिषयमा छलफल हुन नसक्दै भन्दै बैठक सारिएको नेताहरुले बताए ।


  •  
  •  
  •