प्रचण्डले दिए आन्दोलनको चेतावनी

127
  •  
  •  
  •  

prachandaझापा, १९ कात्तिक (ओएनएस) : एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमतको आधारमा संबिधान जारी गर्न प्रयास गरिए बिद्रोह गर्ने चेतावनी दिएका छन् ।

झापाको बुधबारेमा आज आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले शान्ति सम्झौता लगायत बिगतमा गरिएका सम्झौताहरु बिपरित संबिधान निर्माण गर्ने षड्यन्त्र गरिएमा त्यसलाई सहेर नबस्ने बताएका हुन् । पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा बोल्दै प्रचण्डले दलहरु बहुमतीय प्रणालीमा गएमा शान्तिपूर्ण संघर्षबाट सिंहदरबार खाली गराउने चेतावनी दिए ।

एकीकृत माओवादीले नेतृत्व गर्ने आन्दोलनमा २५ दल सहभागि हुने बताउदै प्रचण्डले आन्दोलनले पार्ने सक्ने क्षतीप्रति सजग रहन सबैलाई आग्रह गरे । उनले आगामी ३ दिनभित्र शान्ति सम्झौता लयायतका सम्झौताको मर्मअनुसार सहमती नभए्मा दुर्घटना हुने समेत चेतावनी दिए ।

प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलहरुले २०४७ सालको जस्तै संबिधान ल्याउन खोजेको आरोप लगाए । बिगतका आन्दोलनको नेतृत्व गरेको जिकिर गर्दै उनले देशलाई निकास दिन फेरि आन्दोलनको नेतृत्व गर्न तयार गरेहको बताए । प्रचण्डले कांग्रेस र एमालेको सात प्रदेशको साझा धारणा ३ दिनभित्र सच्याउन माग गरे । प्रचण्डले कांग्रेस र एमालेको राज्य पुर्नसंरचनाको प्रस्ताव बिगतका सहमतिबिपरित भएको जिकिर गरे । कांग्रेस–एमालेले तोकिएको मितिमा संबिधान जारी गर्न सहमतीको प्रयास नगरेको भन्दै प्रचण्ड आक्रोशित देखिएका थिए ।

संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा कांगेस र एमालले सात प्रदेशको प्रस्ताव गरेपछि एकीकृत माओबादी र माधेशबादी दलहरुले कडा बिराध गर्दै आएका छन् ।


  •  
  •  
  •