राष्ट्रियताको रक्षा र देशको विकास गर्न वामपन्थीको शक्तिशाली सरकार आवश्यकः प्रचण्ड

207
  •  
  •  
  •  

चितवन, २९ कात्तिक (ओएनएस):
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थीको शक्तिशाली सरकारले मात्र राष्ट्रियताको रक्षा र देशको विकास गर्न सक्ने बताएका छन् । नेपाल लोकतान्त्रिक दराई संघ तथा दरै राष्ट्रिय मुक्ति मोर्चाले भरतपुरमा बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देश विकासका लागि गम्भीर भएर एमाले र माओवादीबीच पार्टी एकता हुन लागेको तर्क समेत गरे ।

पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका प्रचण्डले नेपालमा छिट्टै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने उद्घोष गरे । कम्युनिष्टले मात्र शोषित–उत्पीडित समुदायको हित र अधिकारको रक्षा गर्न सक्ने उनको तर्क छ ।

नेपालको परिवर्तनकारी आन्दोलनमा दराई समुदायको विशिष्ट भूमिका रहेको उल्लेख गर्दै अव बन्ने वामपन्थी सरकारले उत्पीडित समुदायको सपना साकार पार्ने विश्वास समेत दिलाए ।


  •  
  •  
  •