मधेसी मोर्चाविना बस्न मानेनन् प्रचण्ड

181
  •  
  •  
  •  

काठमाडौं,  ८ पुस (ओएनएस) : एकीकृत नेकपा माओवादीले दोस्रो पटक बालुवाटार बैठक छाडेको छ। प्रमुख तीन दल मात्र बस्न लागेको बैठक बहिष्कार गरेर मंगलबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निस्किएका छन् ।

कांग्रेस एमालेले संविधानका विवादित विषयमा सहमतिको प्रयास गर्न भन्दै विहान ९ बजे एक्लै बालुवाटार पुगेका प्रचण्डले तीन दल मात्र बसेर छलफल गर्नुको औचित्य नभएको भन्दै केही बेरमै बाहिरिए ।

दाहाल फर्किएपछि दिउँसो ४ बजे ४ दलको बैठक बोलाइएको छ । एमाले उपाध्यक्ष भीम रावलले दाहालले मधेसी दलवाहेक बस्न नचाहेपछि ४ बजे ४ दलको बैठक बोलाइएको बताए ।


  •  
  •  
  •