सहमति भए केही जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

127
  •  
  •  
  •  

Prachanda1काठमाडौं, २९ चैत (ओएनएस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनको नयाँ प्रस्ताव पारित हुने विश्वास व्यक्त गरेका छन्।

मंगलबार संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रमुख दलका नेताहरुसँगको परामर्शमा संशोधनको दोस्रो प्रस्ताव तयार गरिएकाले पारित हुने विश्वास व्यक्त गरेका हुन्।
‘सकेसम्म सबैको भावना समेट्ने र सहमति जुट्ने गरी संविधान यसलाई पारित गरेर संविधान कार्यान्वयनका लागि सहज वातावरण निर्माण गर्न आग्रह गर्छ,’ उनले भने।

प्रम प्रचण्डले प्रस्तावित विधेयकले मधेसी मोर्चा र संघीय गठवन्धन पनि स्थानीय तहको चुनावमा सहभागी हुने ढोका खोलेको बताउँदै आगामी वैशाख ३१ गते हुने चुनाव भने नसारिने बताए।

मधेसका केही जिल्लामा स्थानीय तहको संख्या केही बढाउन स्थानीय विकास मन्त्रीको नेतृत्वमा समिति बनाएको उनले जनाए । सहमति भए केही जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्न सकिने प्रचण्डले बताए। ‘ती ठाउँमा केही दिन चुनाव पछि सार्न सबैको सहमति हुन्छ भने सरकार तयार छ,’ उनले भने। 

प्रधानमन्त्री प्रचण्डले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति गरिएको बताए।


  •  
  •  
  •