जनविद्रोहको नेतृत्व गर्न तयार छुँः प्रचण्ड

55
  •  
  •  
  •  

काठमाडौँ, ३१ असोज (ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमाले विगतमा भएका सहमति अनुसार नगए अर्को आन्दोलनका लागि आफू तयार रहेको बताएका छन् ।

२२ दलीय मोर्चाले गरेको आमसभालाई काठमाण्डौंको खुलामञ्चमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सहमति अनुसार नगए शान्तिपूर्ण जनविद्रोहको लागि आफू तयार रहेको प्रचण्डको भनाई छ । उनले भने,‘ अब विगतको जस्तो सशस्त्र विद्रोह वा छापामार युद्ध गर्ने भन्ने होईन विगतका सहमति प्रति प्रतिबद्ध छौं तर कांग्रेस एमालेले सहमति अनुसार नभए शान्तिपूर्ण जनविद्रोहको नेतृत्व गर्न म तयार छुँ ।’

प्रचण्डले २२ दल मिले जनयुद्ध भन्दा पनि ठूलो विद्रोह हुने दाबी गरे । प्रचण्डले शुक्रबारको आमसभा कुनै आन्दोलन नभएको भन्दै सरसल्लाह सभा मात्रै भएको बताए । उनले भने,‘ यो कुनै आन्दोलन होईन आन्दोलनका लागि सरसल्लाह सभा मात्रै हो ।’ कांग्रेस एमालेले आफूलाई २२ दलको संयोजक की राजनीतिक समितिको संयोजक भनेर प्रश्न गरिरहेको भन्दै आफूदई दुइमध्य एक छोड्न भनेको बताए ।

उनले आफूलाई दुईमध्य एक रोज्नुपरे २२ दलको  मोर्चा नै रोज्ने बताए । प्रचण्डले सेना समायोजन गरे संविधान आईहाल्छ भनेर कांग्रेस एमालेले ढोका दिएको आरोप लगाए । उनले भने,‘ सेना समायोजन भएको एक हप्तामै संविधान आईहाल्छ भने होला तनी भनेर सजिलै सेना समयोजन गरियो तर धोका भयो ।’ उनले आफू सोझो हुँदा फसेको बताए । उनले भने,‘ मलाई फसाईयो म सोझो हुँदा फसे ।’


  •  
  •  
  •