संशोधन प्रस्ताव भोलि टुंग्याउने गरी प्रयास जारी : प्रधानमन्त्री प्रचण्ड

357
  •  
  •  
  •  

DSC6880-848x478काठमाडाैं, २० चैत (ओएनएस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन प्रस्ताव भोलि टुंग्याउने गरी पहल गरिरहेको बताएका छन् ।

आइतबार सिंहदरवारमा मधेसी जातीय समन्वय समाजको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डलेले संविधान संशोधन गरेर निर्वाचनमा जानु पर्ने भएकाले संसदमा दर्ता भएको प्रस्ताव भोलि नै टुंग्याउने गरी प्रयास गरिरहेको बताए ।

संविधान संशोधनका लागि सत्तापक्षको मात्रै २ तिहाई नपुग्ने प्रष्टाउँदै प्रचण्डले प्रमुख प्रतिपक्षसँग समेत छलफल गरेर सहमति बनाउने प्रयास भइरहेको बताए ।

देशलाई अतिवादमा जान नदिन परिवर्तनकारीहरु मिल्नुको बिकल्प नभएको उनले बताए ।

प्रमुख प्रतिपक्ष एमाले संशोधनको औचित्य नरहेको बताउँदै आएको छ, भने मधेसी मोर्चा सीमांकनसहितको संशोधन नहुन्जेल निर्वाचन हुन नसक्ने अडान राख्दै आएको छ । यही, सन्दर्भमा प्रम प्रचण्डले प्रदेश र संघको निर्वाचन अघि सीमांकन संशोधन गर्ने गरी अहिलेलाई बाँकी विषयमा संशोधन गर्नुपर्ने नयाँ प्रस्ताव राख्दै आएका छन् ।

अहिले सिंगो देश निर्वाचनमा जुटिसकेको बताउँदै प्रचण्डले मधेसी मोर्चासँग समेत सहमति बनाएर चुनाव गर्ने प्रयासमा आफू निरन्तर लागि रहेको बताए ।


  •  
  •  
  •