एकैदिन प्रचण्डको विरोधाभास प्रयास

79
  •  
  •  
  •  

काठमाडौं २९ असोज (ओएनएस) : बुधवार बिहानै राजनीतिक समितिको संयोजकको हैसियतले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अन्य नेताहरुसँग छलफल गरे । छलफलमा उनले संघियता र शासकीय स्वरुपलाई प्याकेजमा सहमति खोज्न आग्रह गरे । सँगै आफु सहमतिका लागि इमान्दार रुपमा लचक हुन चाहेको दावी गरे ।
त्यसको केहीघण्टा पछि उनले कांग्रेस एमालेलाई दवाव दिन खडा गरिएको २२ दलीय मोर्चाको अध्यक्षता गरे । २२ दलीय बैठकमा उनले पहिचान सहितको संघियताका पक्षमा प्रर्दशन शसक्त बनाउने निणर्य गर । एकै दिन उनले २ वटा फरक प्रकृतिका बैठकमा गरेका विरोधाभास निणर्यले उनले नीयतमा शंका रहेको सत्तासिन दलका नेताहरुले बताएका छन् ।
एमाले सचिव युवराज ज्ञवालीले एमाओवादी अध्यक्ष दाहाल नियतमा शंका रहेकाले अब उनले २२ दलीय मोर्चाको नेतृत्वमा नरहेको घोषणा गर्नुपर्ने बताए । उनले आन्दोलन फिर्ता नलिएसम्म उनले बोलाउने वैठक र सहमतिको प्रयासको कुनै अर्थ नरहेने उनको टिप्प्णी छ । २२ दलीय मोर्चाका नेता लक्ष्मणलाल कर्णले भने मोर्चाको आन्दोलनले संविधानमा दवाव दिने दावी गरे ।
उनका अनुसार प्रक्रियामा जान नहुनेमा मोर्चाले दवाव दिने । कांग्रेस एमाले सहमतिका नाममा विवाद लम्ब्याउन नहुने अडानमा छन् । २२ दलमा एमाओवादी तथा तराई मधेस आधारित पाँच दल र संघीय समाजवादी पार्टी छन ्।


  •  
  •  
  •