सहमति विपरित संविधान बन्दैन : प्रचण्ड

752
  •  
  •  
  •  

काठमाडौ, ६ कात्तिक(ओएनएस) : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले अन्तरिम संविधान, १२ बुँदे सम्झौता, विस्तृत शान्ति सम्झौता र विभिन्न आन्दोलनपछि भएका सहमतिको मर्म भावना विपरित जान खोजे संविधान नबन्ने चेतावनी दिएका छन ।
रिपोर्टर्स क्लबको देउसी भैलो अभियानको क्रममा विगतमा भएका सहमतिको मर्म अनुसार संविधान बनाए आफू लचिलो हुन तयार रहेको स्पष्ट पार्दै उनले अन्यथा मुलुकले ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिए ।

प्रचण्डले सहमति भनेको कम्परमाईज भएकोले सबै त्यसको लागि तयार हुनु पर्ने भन्दै कुनै ब्यक्तिले भन्दा पनि देशले जित्नु पर्ने बताए ।
उनले सबैको प्रतिनिधित्व हुने निर्वाचन प्रणाली र स्थिर सरकार हुने शासकीय स्वरुप हुनु पर्ने भन्दै सहमतिमा माघ ८ गतेभित्रै संविधान दिनु पर्ने धारणा राखे । प्रचण्डले विश्वमै कतै नभएको मौलिक शान्ति प्रक्रिया सहमतिमै टुङग्याएको र यसको विश्वले प्रशसा गरेको उल्लेख गर्दै संविधान पनि सहमतिमै टुङग्याउन सकिने बताए । उनले भने–हाम्रो शान्ति प्रक्रियाको विश्वले प्रशंसा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा आउँदा, लालकिल्लामा र राष्ट्र संघमै प्रशंसा गर्नु भयो ।


  •  
  •  
  •