एकता बैशाखमै हुन्छ : प्रचण्ड

218
  •  
  •  
  •  

काठमाडाैँ, ५ बैशाख (अाेएनएस) : नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दहाल(प्रचण्ड)ले माओवादी र नेकपा एमालेबीचको एकता बैशाख महिनामै हुने बताएका छन् । चितवनको भरतपुरमा बुधवार प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले भने, ‘अब कोशिस गर्दै छौं, आज हामी सबै देशभरी पुगेका छौं, भोलि फर्किएएपछि प्रधानमन्त्रीसँग कुरा हुन्छ । त्यसपछि मिति फिक्स हुन्छ ।’ यसअघि दुबै दलको कार्यदलले बैशाख ९ गते पार्टी एकताका लागि नेतृत्वलाई सुझाव दिएको थियो ।

अध्यक्ष प्रचण्डले सकेसम्म बराबरी र सम्मानजनक रुपमा एकतामा जाने भन्ने छलफल भएको र यसमा पनि कुनै विवाद नरहेको बताए।

‘कुनै विवाद भयो भन्ने कुरा भने विल्कुलै होईन, संविधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी सम्वोधन गर्ने र पार्टीका विभिन्न समितिहरुलाई कुन आधारमा बनाउने भन्ने कुराको विषयमा अहिले छलफल छ’ उनको भनाई थियो ।


  •  
  •  
  •