उपप्रधामनन्त्री थापा र पर्यटमन्त्री गिरीद्वारा शपथ ग्रहण

153
  •  
  •  
  •  

prachand cabinetकाठमाडौं, २६ फागुन (ओएनएस) :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ मन्त्री थपेर मन्त्रिपरिषदमा हेरफेर गरेका छन् ।

हेरफेर गरिएको मन्त्रिपरिषदमा उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा कमल थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा दिलानाथ गिरीले जिम्मेवारी पाएका छन् ।

नवनियुक्त मन्त्रीहरुले बिहीबार नै प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका जीवनबहादुर शाहीलाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिइएको छ, भने खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रेमबहादुर सिंहलाई विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

स्थानीय विकास मन्त्रालय सम्हालेका हितराज पाण्डे भने जिम्मेवारी विहीन भएका छन् ।


  •  
  •  
  •