प्रचण्डलाई भेट्न बाबुराम पुगे बालुवाटार

207
  •  
  •  
  •  

prachand–baburamकाठमाडौं, २९  माघ (ओएनएस) : नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराई र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार भएको भेटमा संविधान संशोधन, स्थानीय तहको पुनर्संरचना र निर्वाचनबारे छलफल भएको छ ।

प्रम प्रचण्डले राजनीतिक गतिरोध अन्त्यका लागि प्रयासरत रहेको केही दिनमै निकास निस्कनेमा आशावादी रहेको बताए ।

भेटमा भट्टराईले राजनीतिक गतिरोध चाँडो अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।


  •  
  •  
  •