गिरफ्तार गरेर जेल हाल्नुपर्‍याे भन्नु कति तर्कसंगत छ : प्रचण्ड

215
  •  
  •  
  •  

काठमाडौं, १७ चैत(ओएनएस) : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका भ्रमणको क्रममा आफूलाई आतंकवादीको रुपमा चित्रित गर्न गरिएको प्रयासबारे असन्तुष्टि पोखेका छन् ।

रिपोर्टर्स क्लबको २१ औं वार्षिकोत्सवका अवसरमा राजधानीमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले विदेशमा बस्ने नेपालीले त्यस्ता हर्कत गरेकोमा आक्रोश थियो ।
उनले भने, ‘एउटा विदेशी राष्ट्रमा बसेर नेपालको शान्ति सम्झौतालाई आपराधिक सम्झौताको रुपमा, त्यसको हस्ताक्षरकर्तालाई अपराधीको रुपमा अन्तर्राष्ट्रिय जगतले गिरफ्तार गरेर जेल हाल्नुप¥यो भन्नु कति तर्कसंगत छ ?।’

अध्यक्ष दाहालले आफूलाई कुनै डर र लोभ नभएको स्पष्ट पारे ।
‘कतिपय मानिसले प्रचण्ड डराएको जस्तो ठान्छन् । मलाई अब कुनै डर छैन । किनकि शान्ति सम्झौता भएको छ, संविधान बनेको छ । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको छ । निर्वाचन भएको छ । देश अब समृद्धितिर जाँदैछ । मलाई व्यक्तिगत रुपमा कुनै डर छैन । लोभ पनि मलाई त्यस्तो छैन अब ।’
उनले आफू वासिंगटन डिसीमा बस्दै गर्दा त्यहाँको कांग्रेसको कमिटीले प्रचण्ड हत्यारो हो, यसलाई गिरफ्तार गर्नुपर्छ भनेर निर्णय गरेको बाहिर आएको भन्दै त्यस्ता कुरामा खासै वास्ता नभएको बताए ।


  •  
  •  
  •