लोडसेडिङ अन्त्य, उज्यालो युगको सुरुआत : प्रधानमन्त्री

141
  •  
  •  
  •  

DSC5394-1-848x478काठमाडौं, २ चैत (ओएनएस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोडसेडिङ अन्त्य अँध्यारो युगको अन्त्य भई उज्यालो युगको सुरुआतको प्रतिक भएको बताएका छन् ।

यो नितान्त प्राविधिक कुरा मात्र नभएर समग्र विकासलाई नयाँ गतिदिने सुरुआत भएको उनको भनाई थियो । ‘यो प्रतिकात्मक रुपमा अँध्यारो युगबाट उज्यालोमा लैजाने युगको सुरुआत हो,’ नेपाल औषधी विक्री प्रवन्धक संघको सम्मानपत्र ग्रहण गर्दै प्रचण्डले, ‘देशलाई पछौटे राख्नु हुँदैन, नयाँ गतिमा देशलाई अगाडि बढाउनुपर्छ भन्ने संकल्प हो ।’

प्रम प्रचण्डले देशमा चौविसै घण्टा विद्युत उपलब्ध गराउन कठोर निर्णय गरेको भन्दै नेपालामा औषधि विक्रेताको संस्था नेपाल औषधी विक्री प्रवन्धक संघले उनलाई सम्मान गरेको हो ।

 ‘यो समग्र विकासलाई नयाँ गति दिने सुरुआत हो,’ प्रचण्डले भने ‘अझ धेरै गर्न बाँकी छ ।’


  •  
  •  
  •