नेपाल टेलिभिजनमा ‘हुने खाने’ र ‘हुँदा खाने’ को समान पहुँच हुनुपर्छ : प्रधानमन्त्री

352
  •  
  •  
  •  

काठमाडौं, १७ माघ (ओएनएस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल टेलिभिजन परिवर्तित सन्दर्भको राष्ट्रिय दायित्व निर्वाह गर्न संस्थागत रुपमै सक्षम रहेको बताएका छन् ।

नेपाल टेलिभिजनको ३२ औं वार्षिकोत्सवमा सोमबार राजधानीमा आयोजित कार्यक्रमममा प्रधानमन्त्री प्रचण्डले नेपाल टेलिभिजन पनि संघीय स्वरुप अनुसारको संरचनामा जान लागेको खुसी व्यक्त गरे ।

‘मध्य र सदूरपश्चिममा प्रशारण बिस्तार गर्न पुनःसंचालित बाँकेको कोहलपुरस्थित क्षेत्रीय प्रशारण केन्द्रको परिक्षण प्रशारणको मैले भर्खरै मात्र शुभारम्भ गरेको छु । पूर्वाञ्चलको इटहरीमा क्षेत्रीय प्रशारण सुरुवात गर्नका लागि भवन निर्माणको कार्य र सबै प्रदेशमा प्रशारण बिस्तारको गृहकार्य भइरहेको जानकारी पाउँदा खुशी लागेको छ,’ प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले नेपाल टेलिभिजनमा संघीयताको मर्मलाई जनजनमा स्थापित गर्न सबै क्षेत्र, वर्ग, लिङ्ग, जाति, भाषाभाषी, धर्म र संस्कृतिको स्वर र अनुहारसमान रुपमा प्रतिविम्वित् हुनुपर्ने बताए ।

‘सबैले नेपाल टेलिभिजनसँगको अपनत्व अनुभूत गर्नुपर्छ,’ प्रम प्रचण्डले भने, ‘हुने खाने’ र ‘हुँदा खाने’ सबैका लागि समान पहुँच बनाउन, नेपाल टेलिभिजन सफल बन्नुपर्छ । त्यस दिशामा नेपाल टेलिभिजन अगाडि बढ्न सकोस्, मेरो शुभेच्छा छ ।’


  •  
  •  
  •