९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न प्रधानमन्त्रीको निर्देशन

168
  •  
  •  
  •  

prachand meetingकाठमाडौं, ११ माघ (ओएनएस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार आपूर्ति र अर्थ मन्त्रालयसहित आयल निगमका पदाधिकारीलाई ९० दिनलाई पुग्ने गरी पेट्रोल, ग्याससहितका पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । पेट्रोलियम भण्डारणस्थल निर्माणका लागि आवश्यक वजेटको व्यवस्था गरिने पनि उनले जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डले अमलेखगन्ज वा चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य यथाशक्य सक्ने गरी काम अघि बढाउन पनि निर्देशन दिए ।  जनतालाई राहत दिने गरी के गर्न सकिन्छ यसवारे उपाय खोज्नसमेत प्रधानमन्त्रीको निर्देशन रहेको छ ।


  •  
  •  
  •