राजनीतिक विवादमा अल्झिएर विकासलाई उपेक्षा : प्रधानमन्त्री प्रचण्ड

360
  •  
  •  
  •  

prachand at uaeकाठमाडौं, २ माघ (ओएनएस) :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक विवादमा अल्झिएर विकासलाई उपेक्षा गरिएको बताएका छन् ।

दशौं विश्व भविष्य ऊर्जा सम्मेलनमा भाग लिन युएई पुगेका प्रचण्डले आइतबार आवुधावीमा रहेका नेपालीहरूसँगको भेटमा जलविद्युतको प्रचुर सम्भावना भएर हामीले सदुपयोग गर्न नसकेको स्वीकार गर्दै राजनीतिक विवादमा अल्झिएर विकासलाई उपेक्षा गरिएको बताएका हुन् ।
‘हामीले वैदेशिक रोजगारीबाट आएको पूँजीलाई विकास आयोजनामा केन्द्रित गर्न खोजेका छौं । म विकासका कामलाई केन्द्रमा राखेर विकासका आयोजनाहरुको अनुगमन गरिरहेको छु,’ प्रचण्डले भने ।

ब्लड मनी, पासपोर्टको नवीकरण शुल्क घटाउने लगायतका विषयमा काम भइरहेको जानकारी दिँदै प्रम प्रचण्डले भने, ‘हामीले केही गर्न खोजेका छौं । यस्तो अवस्थामा सबैको साथ जरुरी छ ।’

प्रम प्रचण्डले राजनीतिक रुपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड गरेको बताए ।

भेटमा उर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन, शिष्टाचार महापाल दीपक अधिकारी लगायत सहभागी थिए ।


  •  
  •  
  •