संविधान संशोधन गरेर निर्वाचनमा : प्रधानमन्त्री प्रचण्ड

423
  •  
  •  
  •  

prachandकाठमाडौं,२३ पुस (ओएनएस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गरेर निर्वाचनमा जाने बताएका छन् ।

नेतृ शान्ता श्रेष्ठद्वारा लिखित संस्मरण संग्रहको लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनका लागि संविधानको स्वीकार्यता बढाएर निर्वाचनमा जाने तयारी भइरहेको बताएका हुन् ।

‘मेरो प्रयत्न देशलाई पहाड र तराईका नाममा ध्रवीकरणमा लैजाने होइन, हिमाल, पहाड र तराईलाई एउटै मालामा उन्नु हो,’ प्रचण्डले भने, ‘राष्ट्रिय एकता कायम गरेर निर्वाचन सफल भए मात्रै हामी सफल हुन्छौं र राष्ट्रिय एकता कायम हुन्छ ।’

मुलुक समस्यामा रहेको बताउँदै प्रम प्रचण्डले यसका लागि राष्ट्रिय सहमति र एकता जरुरी रहेको बताए ।


  •  
  •  
  •