काठमाडौँ, २० पुस (ओएनएस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्ट केद्र बनाउन सार्थक पहल थाल्नु पर्ने बताएका छन् ।
प्रधानमन्त्री तथा कुलपति प्रचण्डले संविधानले नै त्रिविलाई केन्द्रीय विश्वविद्यालयलाई संघको अधिकार सूचिमा उल्लेख गरिसकेकाले अधिकार क्षेत्र र भूमिकाको बारेमा कुनै शंका नरहेपनि उत्कृष्टताको केन्द्र बनाउन सार्थक पहल थाल्नु पर्ने बताएका हुन् ।
बुधबार आयोजित विश्वविद्यालय सभाको साधारण बैठकमा प्रम प्रचण्डले राजनीतिक परिवर्तनसँगै शैक्षिक, प्राज्ञिक क्षेत्रमा परिर्वतनका लागि सिंगै विश्वविद्यालय परिवार लाग्नुपर्ने बताए ।
त्रिविलाई २१ औं शताब्दीका चुनौती सामना गर्ने विश्वविद्यालय, संविधानको मर्म अनुरुप जनसाधारणको सहज पहुचमा उच्च शिक्षा पुर्याउन तथा शिक्षालाई आजको युग अनुकूल प्रविधियुक्त, गुणस्तरीय र विश्वव्यापी प्रतिस्पर्धी बनाउनु पर्ने उनको भनाइ छ ।