संविधान कार्यान्वयनमा हातेमालो गर्न प्रधानमन्त्रीकाे अपील

133
  •  
  •  
  •  

prachandकाठमाडौँ, १५ पुस (अाेएनएस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न अपील गरेका छन् ।

तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराइका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता रहेको बताएका हुन् ।

‘यस पर्वले बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा गर्दै तमु जाति समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ जारी शुभकामना सन्देशमा भनिएको छ ।


  •  
  •  
  •