संघीयता र गणतन्त्र उल्ट्याउने कोशिस हुँदैछ : प्रचण्ड

99
  •  
  •  
  •  

prachand at Surkhetसुर्खेत, ५ पुस (ओएनएस) : प्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक मान्यता उल्ट्याउने कोशिस भइरहेको दाबी गरेका छन् ।

मंगलबार माओवादी केन्द्रले सुर्खेतमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले माओवादी आन्दोलन केही कमजोर भएपछि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी मान्यताजस्ता परिवर्तनका मुद्दा उल्टाउने कोशिस भइरहेको बताएका हुन् ।

‘बुर्जुवा र प्रतिक्रियावादी शक्तिलाई परिवर्तन पचेकै छैन । प्रतिपक्षका कतिपय नेता राजतन्त्र र २०४७ सालकै संविधान ठीक थियो भन्ने ठाउँमा आएका छन्,’ प्रचण्डले भने, गणतन्त्र र संघीयता उल्टिँदा माओवादी आन्दोलनको औचित्य समाप्त हुन्छ । परिवर्तनका मुद्दा जोगााउन माओवादी धाराहरुको एकता अनिवार्य छ ।’

अहिले पनि विभिन्न धारामा रहेका माओवादीहरुसँग एकताको प्रयत्न जारी रहेको प्रचण्डले जानकारी दिए ।


  •  
  •  
  •