भ्रष्टाचारको निरोध समृद्धिको आधार : प्रधानमन्त्री प्रचण्ड

170
  •  
  •  
  •  

prachandकाठमाडौँ, २४ मंसिर (ओएनएस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारको निरोध नै समृद्धिको आधार भएको बताएका छन् ।

भ्रष्टाचारविरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रण सम्बन्धीका कानुनलाई थप पुनरावलोकन गरी परिमार्जन र संशोधन तथा नयाँ कानुनहको निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

भ्रष्टाचारको प्रकृति, आयाम दिनहुँ ब्यापक हँुदै गइरहेको र अन्तरदेशिय अपराधको रुपमा यसको जालो फैलदै गएको उल्लेख गर्दै प्रचण्डले भ्रष्टाचार नियन्त्रण गर्न चुनौति रहेको बताए ।

सकेसम्म समाजमा भ्रष्टाचार हुन नदिन निरोधाधात्मक उपायको प्रणालीको स्थापना र सुदृढिकरणमा नै बढी जोड दिनु पर्ने उनले बताए ।
भ्रष्टाचारविरुद्ध संगठित भएर जुट्नु पर्ने बेला आएको चर्चा गर्र्दै प्रचण्डले भने, ‘भ्रष्टाचार नियन्त्रण कुनै एक संस्था वा सीमित व्यक्तिको मात्र जिम्मेवारी हुन सक्दैन । साथै यसले निश्चित संस्कार र जीवनशैलीको पनि माग गर्दछ ।’

भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो आधारभूत दायित्वलाई कार्यान्यन गरी मुलुकमा सुशासन, न्याय र समानता कायम गर्न सरकार दृढ सङकल्प र योजनाका साथ अघि बढिसकेको उनले बताए ।


  •  
  •  
  •