‘ज्ञानेन्द्रभन्दा कांग्रेस-एमाले शक्तिशाली’

87
  •  
  •  
  •  

काठमाडौं ३ चैत ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन राजा ज्ञानेन्द्रभन्दा अहिलेका कांग्रेस-एमाले शक्तिशाली भएको बताएका छन्। उनले आगामी आन्दोलन घोषणाका लागि सिंहदरबारमा आइतबार साँझ बसेको ३० दलीय मोर्चाको बैठकमा भने, ‘तत्कालीन राजा ज्ञानेन्द्रसँग सेनामात्र थियो जनता थिएनन् तर अहिले कांग्रेस-एमालेसँग राज्यशक्ति र कार्यकर्ता पनि छन्।’ केही मधेसी नेताहरूले ‘सम्झौताहीन आन्दोलन’ घोषणा गर्न दबाब दिएपछि उनले सोधे, ‘के हामी जनता-जनताबीच लडाइँमा जाने हो?’

नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले हाम्रो आन्दोलन वार्ताका लागि कि उपलब्धिका लागि भन्दै दाहाललाई कुनै पनि संसदीय कार्यक्रममा भाग नलिन भनेका थिए। त्यसैगरी मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि सत्तारूढ दलहरूलाई घुँडा टेकाउन आन्दोलन गर्नैपर्ने दबाब दिएका थिए। उनले चैत २४ देखि अनिश्चितकालीन हडताल गर्ने र मुठभेडको वातावरण बढाउने योजना प्रस्तुत गर्दै संघर्षमात्र होइन लडाइँ गर्ने र त्यसपछि जे हुन्छ सामना गर्नुपर्ने बताएका थिए।

जबाफमा दाहालले आफ्नो विगतको अनुभव सुनाए, ‘तपाईंहरूले कति गुमाउनुभयो? ५३ जना।’ उनले उपेन्द्र यादव नेतृत्वमा भएको रौतहट नरसंहार र त्यसपछिको मधेस आन्दोलनको प्रसंग कोट्याउँदै भने, ‘हामीले १७ हजारमध्ये दसौं

हजार मान्छे गुमायौं जनयुद्धमा।
अब जनता-जनताबीचको लडाइँ
महतोलाई आन्दोलनको संयोजक बन्न चुनौती
अनिश्चितकालीन हड्ताल नगरौं

हामीसँग के थिएन? नेपाली सेनासँग भएको जस्तै अत्याधुनिक हतियार थिए, सेना थिए, समानान्तर सरकार थियो, राज्यसँग भएकोमध्ये एउटा हेलिकोप्टर हामीसँग थिएन बाँकी सबै थियो। तर पनि वार्तामा आउनुपर्‍यो। हामीसँग अन्तर्राष्ट्रिय समर्थन थिएन त्यसबेला। अहिले पनि म प्रचण्ड नै हुँ मलाई अन्तर्राष्ट्रिय समुदायले त्यही नजरले हेरेको छ। त्यसैले मैले आन्दोलनसँगै वार्ताको कुरा गर्नैपर्छ।’

उनले विद्रोहको नेतृत्व गर्नसक्ने भए राजेन्द्र महतोलाई संयोजकत्व हस्तान्तरण गर्न तयार रहेको बताए। सँगसँगै उपेन्द्र यादव र विजय गच्छदारको नाम पनि लिएका थिए। आन्दोलन चर्कंदै जाँदाको परिस्थिति आँकलन गर्दै उनले भने, ‘अबको आन्दोलनमा जनता-जनताबीच लडाइँ हुन्छ। कांग्रेस-एमाले पनि जनताबाटै चुनिएर आएका पार्टी हुन्। हामीले आन्दोलन गर्दा हाम्राविरुद्ध उनीहरूले पनि कार्यकर्ता, जनता परिचालन गर्न सक्छन् र त्यो बेलाको सामना कसरी गर्ने भन्ने रणनीति बनाउनु जरुरी छ।’

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका जितेन्द्र देवको सत्ता पल्टाउने कि सिस्टम नै उल्टाउने आन्दोलन गर्ने हो? भन्ने प्रश्नको जबाफमा दाहालले सुधारात्मक आन्दोलन गर्ने भन्दै सत्ता पल्टाउने र सिस्टम नै फेर्न नलागेको बताएका थिए।

सत्तापक्षलाई विगतका सम्झौता लागू गराउन आन्दोलन गर्न लागेकाले आन्दोलनमा होमिएपछि फर्किन गाह्रो पर्ने भन्दै दाहालले मधेसी दलहरूलाई सचेतसमेत गराएका थिए। ‘सत्तापक्ष संविधानसभाको प्रक्रियामा जान्छ, ऊ फर्किन मिल्दैन। त्यस्तै हामी आन्दोलनमा जान्छौं, फर्किन मिल्दैन। त्यस्तो बेला संविधानसभा छाड्नुपर्ने अवस्था पनि आउनसक्छ’, उनले भने।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले जुनसुकै आन्दोलनको निष्कर्ष पनि टेबलबाटै हुने भन्दै आफ्नो पार्टी संविधानसभाबाटै संविधान बनाउन आन्दोलनमा जान लागेको बताएका थिए। उनले उपेन्द्र यादवको प्रस्तावको विरोध गर्दै अनिश्चितकालीन हडताल गर्न नहुने अडान राखेका थिए। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •