अर्थमन्त्री उपस्थित नहुने भएपछि प्रविधि समितिको बैठक स्थगित

321
  •  
  •  
  •  

काठमाडौं, ४ चैत(ओएनएस) : संघीय संसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित भएको छ ।

फाइल तस्बिर

अर्थमन्त्री डा. युवराज खतिवडा उपस्थित नहुने भएपछि बैठक स्थगित भएको हो ।

बैठकमा बहुवर्षीय ठेक्का लागेका आयोजनाहरुको बारेमा अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची थियो । बैठक मंगलबारका लागि सारिएको छ ।


  •  
  •  
  •