नेपाल लाइफ इन्स्युरेन्स को प्रिमियम भुक्तानी अब प्रभुको संजाल मार्फत  

266
  •  
  •  
  •  

काठमाडौं, ९ कात्तिक (ओएनएस) : देशै भरी छरिएर रहेको सहकारी संस्थाहरुलाई एउटै छाता भित्र ल्याई रेमिट्यान्स तथा विद्युतिय माध्यम द्वारा विल भुक्तानी कारोवार गराउँदै आएको यस प्रभु मेनेजमेन्ट प्रा.ली.ले आफ्नाग्राहकहरुलाई थप सेवा प्रदान गर्ने हेतुले देशै भरी रहेका आङ्खना सव एजेन्ट मार्फत नेपाल लाइफ इन्स्युरेन्स को प्रिमियम भुक्तानी गर्ने व्यवस्था ल्याएको छ ।

उक्त सेवा प्रभु मेनेजमेन्ट प्रा.ली. का देशै भरी छरिएर रहेका सव एजेन्ट (सहकारी संस्था) हरुबाट ग्राहकवर्गले लिन सक्नेछन् । साथै आगामी दिनहरुमा दुर्गम तथा सुगमको ग्राहकवर्गको हितको लागी थप सेवाहरु ल्याउन लागिएको कुरा प्रभु मेनेजमेन्ट श्रोतले बताएको छ ।


  •  
  •  
  •