प्रभुद्वारा थप ६ विजेता घोषणा

62
  •  
  •  
  •  

काठमाडौं, २६ असोज (ओएनएस): प्रभु मनि ट्रान्सफरले दशैतिहारका अवसरमा सञ्चालन गरेको ‘प्रभु मनि ट्रान्सफर उपहार योजना’ अन्तर्गत थप ६ जनाले पुरस्कार प्राप्त गरेका छन् ।

विजेताहरुमध्ये गढिमाई निवासी फिरोज अहमद ठकुराई र झापा निवासी नेत्रकुमारी लिम्बुले १ लाख १० हजार रुपैँया बराबरको व्यक्तिगत दुर्घटना तथा मेडिकल बीमा उपहार पाएका छन  ।

त्यस्तै ईटहरी सुनसरी निवासी सन्तोषकुमार कार्की र लौनचौर काठमाडौं निवासी पवित्रा  राईले लेमन मोवाइलको बी २०१ मेवाइल सेट प्राप्त गरेको कम्पनीले जानकारी दिएको छ । चौथो हप्ताको लेमन समार्ट फोन पी. १४ का बिजेता सोलुखुम्बुका असन राई छन् ।

त्यसै गरी एक तर्फी हवाई टिकट हाल मलेसियामा कार्यरत  राया क्षेत्री लाल बहादुरले प्राप्त गरेका छन् ।


  •  
  •  
  •