प्रभू मेनेजमेन्टद्वारा सहकारीका लागि नयाँ सफ्टवेरको विकास

148
  •  
  •  
  •  

काठमाडौं, १८ चैत (ओएनएस) : वित्तिय सेवालाई अझ सुलभ र छरितो बनाउनको लागि प्रभू ग्रप अन्तरगत प्रभु मेनेजमेन्टले नयाँ बैंकिङ सफ्टवयरको विकास गरेको छ । ‘गुरु’ नाम दिईएको उक्त सफ्टवयर देशै भरी छरिएर रहेका सहकारी संस्थाहरुलाई निःशुल्क रुपमा वितरण गरि बैंकिङ सेवालाई अझ सहज बनाईने प्रभु मेनेजमेन्टले जनाएको छ ।

मिडिया इन्टरनेशनलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रभु बैंकका अध्यक्ष देविप्रकाश भट्टचनले सफ्टवयर विकास भए पछि ग्रामिण क्षेत्रमा रहेका सहकारीबाटै बैंकिङ सेवा सर्वसुलभ हुने बताए । सफ्टवयर आफैमा एक नयाँ प्रविधि भएको भन्दै भट्टचनले भने ‘ग्रामिण भेगमा रहेका सहकारीहरुले सञ्चालन गरेको बैंकिङ सेवालाई यो सफ्टवयरले झन् सहयोग पु¥याउने छ, गाउँका सबै युवा विदेशतिर छन् उनीहरुका लागि बैंकिङ कारोबार गर्न यो सफ्टवयर निकै प्रभावकारी हुनेछ । ।

’ दुरजराजमा रहेका गाउँमा सञ्चालित सहकारीहरुले उक्त सफ्टवयरको प्रयोग गरि स्थानीय स्तरमै बैंकिङ सेवा प्राप्त गर्न सफल हुने भन्दै अध्यक्ष भट्टचनले सफ्टवेर विकास गर्ने प्रभू मेनेजमेन्ट टिमलाई धन्यवाद र सुभकामना व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक दक्ष पौडेलले वित्तिय अनुसान कायम राख्न तथा जोखिम रहित बैंकका लागि विस्तार गरेको गुरु सफ्टवयर सहकारी क्षेत्रमा कोसेढुङ्गा सवित हुने बताए ।

उनले अन्तर सहकारी कारोबारलाई सहज बनाउन उक्त सफ्टवयरले महत्वपुर्ण भूमिका खेल्ने भन्दै राष्ट्रिय सहकारी संघ यस सफ्टवेरको विकासबाट हर्षित रहेको बताए । कार्यक्रममा प्रभु मेनेजमेन्टका कुसुम लामाले देशभरीका सहकारीहरुको हितलाई मध्यनजर गर्दै उनीहरुको दिगो विकासका लागि प्रभु मेनेजमेन्टले निःशुल्क रुपमा सफ्टवयर वितरण गर्न लागेको बताइन् । देशभरिको बैंकिङ सेवाको सर्बेक्षण गरी सहकारीको माध्यमबाट हुने बैंकिङ सेवालाई अझै चुस्त दुरुस्त बनाउन उक्त सफ्टवयरले महत्वपुर्ण भूमिका खेल्ने लामाले बताइन् ।

सहकारीका लागि साँच्चैको ‘गुरु’

नेपालको सहाकरी क्षेत्रमा देखिएको अव्यबस्थीत पद्धतिलाई यस सफ्टवेयरले ठुलो राहात दिलने भएको छ । अन्तर सहकारी मनी ट्रान्सफर तथा अन्य वित्तिय कार्यका लागि समेत यो सार्थक बन्ने बताइएको छ । ‘गुरु’ नामक अत्याधुनिक सफ्टवयर निःशुल्क वितरण हुने भएकाले ससाना सहकारीले समेत यो अत्याधुनिक सुविधा उपभोग गर्न पाउने छन् । एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ, मोवाईल बैंकिङ तथा डेविड कार्डको माध्यमद्वारा बैंकिङ सेवा सहकारीमा भित्रिने छ ।

यो सहकारीको लेखा प्रणालीमा समेत सहयोगी बन्ने छ । देशभर छरिएर रहेका सहकारीहरुको क्षमता अभिबृद्धि गर्न तथा सहकारीको दिगो विकास गर्नका लागि ‘गुरु’ सफ्टवयर प्रभावकारी हुने प्रभू मेनेजमेन्टले जनाएको छ । उक्त सफ्टवयर प्रयोग गर्नका लागि विभिन्न सहकारीहरुले प्रभू मेनेजमेन्टको वेभसाइडबाटै फारम भर्न सक्नेछन् ।

के हो गुरु सफ्टवयर ?
बैकिङ कारोबारमा अन्तर्राष्ट्रिय स्तरमा चलनचल्तीमा रहेको यो एक नयाँ प्रविधि हो । यो प्रविधिबाट भारत लगायतका देशहरुमा सहकारीले काम गरीसकेका छन् । नेपालमा भने सहकारीका लागि यो नयाँ प्रविधि मानिन्छ । यसमा प्रयोग भएका सबै डेटाहरु डेटा सेन्टरमै रहन्छन् । संसारको सबभन्दा ठूलो डेटा यसमा प्रयोग गरिएको छ । बैंकिङ कारोबार गर्ने प्रत्येक सहकारीले सर्भरको माध्यमबाट यसलाई प्रयोग गर्न सक्नेछन् । यसलाई सुरक्षित गर्नको लागि इन्फरमेसन सेक्युरिट म्यानेजमेन्ट भनेर नेपालमै पहिलो पटक यस्तो प्रक्रिया भित्र्याईएको प्रभू मेनेजमेन्टले बताएको छ ।


  •  
  •  
  •