सुरु भयो प्रभु बैंकको एकिकृत कारोवार

76
  •  
  •  
  •  

काठमाडौं, ३० भदौ (ओएनएस) ः प्रभु बैंकले सोमवारदेखि एकिकृत कारोवार सुरु गरेको छ । किष्ट बैंक,प्रभु विकास बैंक,गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स एक आपसमा गाभिएर प्रभु बैंक बनेको हो ।

बैंकको कारोवारको नेपाल राष्ट्र बैंकका गर्भनर डा.युवराज खतिवडाले सुभारम्भ गरे । सो अवसरमा बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले बैंकले निकट भविष्यमा अर्को एउटा संस्था खरिद गर्ने जानकारी दिए ।

करिव एक महिना अघि मर्जलाई नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको थियो । बैंकको सञ्चालक संख्या सात जना रहने र सञ्चालक समितिको अध्यक्षमा देवीप्रकाश भट्टचन छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतमा कुमार लम्साल र नायव प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन छन् ।

prabhu

मर्जपछी बैंकको चुक्ता पुँजी ३ अर्व २० करोड पुगेको बताइएको छ ।

मर्जपछी बैंकको शाखा संख्या १ सय १२ ओटा हुनेछ । साथै एटीएम संख्या १ सय ९ ओटा रहेका छन् ।

 

 

कर्मचारी संख्या १ हजार २ सय रहने सो बैंकको ग्राहक संख्या ७ लाखभन्दा बढी पुगेको बताइएको छ ।


  •  
  •  
  •