प्रभु बैंकको शाखा आरुघाटमा

295
  •  
  •  
  •  

काठमाडौं । प्रभु बैंक लिमिटेडले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २, विशालनगरमा आरुघाट शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

शाखाको सोमबार एक समारोहकाबीच त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष थापाले बैंकले गाउँगाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेको भन्दै खुसी व्यक्त गरे ।

उनले आरुघाट शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध हुने बताए ।

बैंकिङ पहुँचभन्दा बाहिर रहेका यस क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन उनले आग्रह गरे ।

कार्यक्रममा धादिङ जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ धादिङ्गका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारण सहभागि थिए ।


  •  
  •  
  •