प्रभु बैंकको शाखारहित बैंकिङ सेवा शुरु

101
  •  
  •  
  •  

काठमाडौं, २८ चैत(ओएनएस) : प्रभु बैंक लिमिटेडले सेवाग्राहीलाई सरल र सहज रूपमा बैंकिङ सेवा पु¥याउने उद्देश्यकासाथ मुस्ताङ र म्याग्दीका विभिन्न स्थानमा ५ वटा नयाँ शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।

बैंकले मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित मार्फा, बाह्रगाउँमुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागबेनी, थासाङ गाउँपालिका–१ स्थित टुकुचेतथावडा नं. ३ स्थित लेते र म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका–३ स्थित दाना गरी ५ स्थानबाट शाखारहित बैंकिङ सेवाको शुरु गरेको हो ।


  •  
  •  
  •