पर्वतको कुश्मामा पहिरो जाँदा पाँच जनाको मृत्यु, चार जना वेपत्ता(अपडेट)

348
  •  
  •  
  •  

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–३ मा पहिरो जाँदा ५ जनाको मृत्यु भएको छ । शनिबार राति गएको पहिरोमा तीन जनाको शव शनिबार राति नै फेला परेको थियो । थप दुई जनाको शव भने आइतबार बिहान भेटिएको हो ।

यसअघि राति तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापाको शव भेटिएको थियो ।

पहिरोमा अझै चार जना बेपत्ता छन् । खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको छ । शनिबार भारी वर्षा हुँदा पहिरो गएको हो ।


  •  
  •  
  •