यस्तो छ विदेशमा रहेका नेपाली ल्याउने उडान तालिका र भाडा दर(सूचीसहित)

622
  •  
  •  
  •  

काठमाडौं । सरकारले विदेशमा कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउनका लागि उडान तालिका र भाडादर तय गरेको छ। विभिन्न देशबाट फर्किने नेपालीका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जहाज र भाडा तोकेको हो।

फाइल तस्बिर

मन्त्रालयका अनुसार नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्ससँगै अब विदेशी जहाजले पनि उडान गर्न पाउने भएका छन्। नेपाल एयरलाइन्सले २४ र हिमालय एयरलाइन्सले १९ उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

मन्त्रालयले सीसीएमसीलाई उपलब्ध गराएको तालिका अनुसार जेठ ३२ गतेदेखि असार ११ गतेसम्म पहिलो चरणको उडान तालिका बनेको छ । त्यसका लागि नेपाल एयरलाइन्सले २४, हिमालय एयरलाइन्स १९ र विदेशी जहाजदे २४ वटा उडान भर्नेछन् ।

यस्तो छ उडान तालिका र भाडादर

बिहीबार कुवेतमा आममाफीमा सहभागी तीन सय नेपाली महिलाई लिएर कुवेतबाट दुईवटा जहाज आउने निश्चित भइसकेको छ । उनीहरुलाई कुवेत सरकारले आफ्नै खर्चमा पठाउन लागेको हो ।

यस्तै कुवेतबाट प्राथमिकतामा परेका नेपालीलाई ल्याउनका लागि अर्को उडान असार २ गते, ५ गते, ७ गते र १० गते हुने तय भएको छ । असार २ गते, ३ गते, ६ गते र ८ गते कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान तालिका तय भएको छ ।

यूएईमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार २ गते, ४ गते, ६ गते र असार ९ गते उडान हुनेछ । मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार १ गते, ४ गते, असार ६ गते र ७ गते उडान हुनेछ ।

साउदीमा समस्यामा परेका नेपालीलाई ल्याउन असार १ गते, ४ गते, ५ गते र १० गते उडान हुनेछ ।

यूएईमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार २ गते, ४ गते, ६ गते र असार ९ गते उडान हुनेछ भने मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार १ गते, ४ गते, असार ६ गते र ७ गते उडान हुनेछ ।

ओमानमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो उडान असार १ गते हुने भएको छ । त्यसपछि अर्को उडान असार ४ गते, ७ गते हुनेछ भने बहराइनमा समस्यामा परेका नेपालीलाई असार ३ गते स्वदेश ल्याइने भएको छ ।

जेठ ३२ गते बंगलादेशबाट त्यहाँ समस्यामा परेका नेपालीको उडान हुनेछ भने असार १ गते माल्दिभ्स, सिंगापुर र कम्बोडियाबाट पनि नेपालीको स्वदेश फिर्तीका लागि उडान हुने तय भएको छ ।

असार २ गते श्रीलंका र माल्दिभ्सबाट पनि त्यहाँ समस्यामा परेका नेपालीहरलाई ल्याउने उडान तालिका तय भएको छ भने असार ३ गते अष्ट्रेलिया, थाइल्यान्ड, बंगलादेश र अमेरिकामा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याइने छ ।

असार ५ गते जापान र नाइजेरियामा समस्यामा परेका नेपालीलाई ल्याउन उडान हुनेछ भने असार ६ गते साइप्रस, बंगलादेश र युरोपियन युनियनबाट नेपालीको स्वदेश फिर्ती हुनेछ ।

असार ७ गते दक्षिण कोरियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछ । असार ८ गते अष्ट्रेलिया, थाइल्यान्ड र पाकिस्तानमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने उडान तालिका तय भएको छ भने असार ९ गते जापान, माल्दिभ्स र युगान्डा तथा असार ११ गते साइप्रस र इजरायलमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुने मन्त्रालयले जनाएको छ ।

भाडादर चार्टड उडानका लागि दूरीअनुसार डलरमा भाडा निर्धारण गरिएको छ। विदेशी एयरलान्सले पनि उक्त भाडादर अनुसारै नेपालीको उद्धार गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा कम भाडा बंगलादेशका लागि १ सय ६५ डलर तोकिएको छ भने सबैभन्दा बढी लन्डनका लागि १ हजार ३ सय ४० डलर तय गरिएको छ। त्यस्तै साउदी अरब ५९०, रियाद ६३०, जेद्हा ७७०, जोर्डन ८१५, साइप्रस ८७५, नारिता ९३५, सुडान ९४०, फ्रयाङकफर्ट १२५५, लन्डन १३४०, बांगलादेश १६५, नयाँ दिल्ली २०५, मुम्बइ ३१०, बैंगलोर ३३५, बैंकक ३९०, कम्बोडिया ४००, दुबई ५००, आवुदाबी ५००, ओमन ५१०, क्वाललम्पुर ५२०,दोहा ५४५, हङकङ ५५० डलर तोकिएको छ।


  •  
  •  
  •