भवन निर्माणका लागि  अमेरिकको सियाटलमा २१ लाख संकलन

208
  •  
  •  
  •  

काठमाडौं, ३० साउन (ओएनएस) : गैरआवासीय नेपाली संघको काठमाडांैमा केन्द्री यकार्यालय भवन निर्माणकालागि अमेरिकाको सियाटलमा २१ लाख रुपैयाँ संकलनभएको छ । १५ लाख रुपैयाँसंकलनको लक्ष्यसहित आयोजित कार्यक्रममा झण्डै २१ लाख रुपैयाँ संकलनभएको कार्यक्रमका आयोजक एवं आईसीसी सदस्य एसी शेर्पाले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उपस्थित नेपालीहरुले स्वतस्फूर्तरुपमा सहयोग रकम घोषणा गरेका हुन् । थोरै नेपालीको बसोबास रहेको वासिङटनको सानो क्षेत्र सियाटलबाट अपेक्षा भन्दा निकै बढि र उत्साहजनक रुपमा रकम संकलनभएको छ । एनआरएनए भवन निर्माणका निम्ति सेभेन समिट्स फाउण्डेशनले एनआरएनएसँग सहकार्य गर्दै फण्ड रेजिङ कार्यक्रमको आयोजना गरेको हो ।

सेभेन समिट्स फाउण्डेशनले यसअघिपनि नेपालका विभिन्न सामाजिक क्षेत्रमा योगदान दिँदै आएको छ । आइसिसी सदस्य एसी शेर्पाको संयोजनमा भएको सो कार्यक्रममा एनआरएन अमेरिकाका पिआरओ  तथा स्पोक्स पर्शन नारायण गुरुङ संयोजक रहेका थिए ।

 कार्यक्रमलाई सम्बोधन गर्दै आईसीसी अध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघलाई संस्थागत र दिगो बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताए । सोही अभियान अन्र्तगत आफ्नै कार्यालय भवन निर्माण अत्यन्तै जरुरी भएकाले आफुले बिश्वभरका नेपालीको अपनत्वहुने गरी  रकम संकलन अभियान सुरु गरेको उनले बताए ।  एनआरएनको नेतृत्वले गरिरहेका बिभिन्न काम र आफ्ना कार्ययोजनाबारे जानकारी दिँदै उनले यो अभियानमा आफुलाई सहयोग गर्न अमेरिकामा रहेको गैरआवासीय नेपालीहरुलाई आह्वान गरे ।


  •  
  •  
  •