वाहालवाल कर्मचारी नै गैरसरकारी सस्थाका जागिरे

118
  •  
  •  
  •  

काठमाडौं २४ कात्तिक (ओएनएस) : निजामति सेवामा वाहल रहेका कर्मचारी पनि अन्तर्राष्ट्रिय गैरसरकारी सस्थामा जागिरे बनेको खुलासा भएको छ । डिभि र पि आरवाला कर्मचारकिो नामावली खोज्ने क्रममा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नयाँ तथ्य फेला परेका हुन् । उनले त्यो तथ्याङ अझै बढ्न सक्ने र केही कर्मचारीको नाम तयार भइसकेको बताए । सिहदरवारमा सोमबार बसेको राज्यव्यवस्था समितिको बैठकमा उनले यसअघि बुरुन्डीमा निधन भएका सडक विभागका इन्जिनियर केशब जोशीको नाम भने उनले सार्वजनिक गरेका छन् ।

जोशीले हेल्भटास नामक आइएनजिओमा कामगर्दै आएको खुलेको मन्त्री प्रडितले बताए । त्यस्तो नाम अरुपनि रहेको र आबश्यकता अनुसार सार्वजनिक गर्ने उनको भनाई छ । उनले निजामति ऐन विधेयकमा संशोधन प्रस्ताव राखेका सभासदहरुलाई प्रशासनमा सुधार ल्याउने गरि संसोधन गर्न आग्रह गरे । नेपालका कुनाकाप्चा र गाउँगाउँमा चर्चा र छलफल भइरहेकाले परिवर्तनको चसो रहेको उनको भनाई छ ।

 


  •  
  •  
  •