‘जोक’ गर्दा गयो जागिर

247
  •  
  •  
  •  

एजेन्सी,  २९ जेठ  :  फिफाका एक उच्च अधिकारीले सार्वजनिक स्थानमा जोक गरेपछि जागिर गएको छ । फिफाका सञ्चार निर्देशन डी ग्रगोरियोले पक्राउ परेका फिफा अधिकारी बारे स्वीजरल्याण्डको एक टेलिभिजन अन्तरवार्तामा चुड्किला बनाएर भनेका थिए । त्यस लगत्तै फिफिले उनलाई बर्खास्त गरेको हो ।

ग्रगोरियोले अन्तर्वार्ताको क्रममा फिफाका अध्यक्ष सेप ब्लाटर, महासचिव र आफू कारमा यात्रा गरिरहेको भन्दै उक्त कार प्रहरीले हाँकेको भन्दै चुट्किला सुनाएका थिए ।

फिफाले विज्ञप्ती जारी गर्दै उनले कार्यालय छाडेको जनाएको छ । तर, उनलाई अध्यक्ष सेप ब्लाटरले राजीनामा दिन बाध्य पारेको बताइएको छ । ५० वर्षीय ग्रेगोरियोले सन् २०११ देखि फिफाको सञ्चार निर्देशकको पद सम्हालेका थिए ।

ग्रगोरियो परामर्शदाताको रुपमा यो बर्षको अन्तिमसम्म फिफामै रहने जानकारी दिएको छ ।

केही दिन अघि मात्रै अध्यक्ष ब्लाटरले फिफा अध्यक्षबाट राजीनामा दिएका थिए । यसअघि नै स्वीट्जरल्याण्ड प्रहरीले फिफाका ७ उच्च अधिकारीलाई भ्रष्टाचार आरोपमा पक्राउ गरिसकेको छ ।


  •  
  •  
  •