पीपीएल : धनगढी ब्लुजद्धारा विराटनगर टाइटन्स पराजित

445
  •  
  •  
  •  

काठमाडाैं, ११ कात्तिक (अाेएनएस) : पोखरमा जारि पोखरा प्रिमियर लिगमा धनगढी ब्लुजले विराटनगर टाइटन्सलार्इ पराजित गरेको छ । धनगढी ब्लुजले विराटनगर टाइटन्सलार्इ ७८ रनले पराजित गरेको हाे । धनगढीले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर निर्धारित २० ओभर नखेलि १६.४ ओभरमा १०४ रनमा समेटिएको हो ।

टस हार्दै ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरको खेल सकिदा सबै विकेटको गुमाइ एक सय ८२ रनको योगफल तयार पार्न सफल भएकाे थियो । उसका लागि पिटर ट्रेगोले अर्धशतकीय पारी खेलेका थिए । उनले ५३ रनको योगदान गरे । कप्तान दिपेन्द्र सिंह एेरिले २९, सौरभ खनालले विस्फोटक ब्याटिङ गर्दै ४१ रन बनाए ।


  •  
  •  
  •