काठमाडौं । पोखरा प्रिमियर लिग क्रिकेटको ट्रफि सार्वजनिक गरिएको छ । लिग शनिबारबाट पोखरामा शुरु हुँदैछ ।
लिगको शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमकाबीच ६ टिमका कप्तान तथा प्रतिनिधिले प्रतियोगिताको ट्रफि सार्वजनिक गरेका हुन ।
प्रतियोगिताको उद्घाटन खेलमा पोखरा पल्टन र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुनेछ ।