जलविद्युत सम्झौताको ड्राफ फिर्ता लेउ : भारतीय पूर्व जलविद्युत सचिव

454
  •  
  •  
  •  

काठमाडौं, ११ साउन (ओएनएस) : भारतका पूर्व जलविद्युत सचिव रामास्वामी आर लेयरले नेपालको जलविद्युत प्रयोगको सम्बन्धमा भारतले तयार गरेको सम्झौताको ड्राफ तत्काल फिर्ता झिकाई सुधार गर्नुपर्ने बताएका छन् ।
“विद्युत क्षेत्रमा सहकार्य सम्बन्धि सम्झौताको प्रस्तावका सबै पक्ष नकारात्मक नभएपनि नेपालबाट व्यापक विरोध भएकोले फिर्ता लिनु नै उपयुक्त हुने उनको भनाई छ । इन्डियन एक्सप्रेसमा आफ्नो लेख छपाएर उनले ड्राफको तत्काल पुनरावलोकन गर्नुपर्ने र त्यसो नगरे आगामी दिनमा दुई देशविचको सम्बन्धमा दरार आउन सक्ने उल्लेख गरेका छन् । उनले यसबारेको जिम्मा नेपाललाई नै दिनुपर्ने र नेपालले सौहार्दपूर्ण तरिकाले अनुमति दिएको खण्डमा मात्र भारतले कार्य अगाडि बढाउँदा उपयुक्त हुने जनाए ।

नेपालको जलविद्युत क्षेत्रमा सतप्रतिशत लगानी गर्ने गरी भारतले पठाएको सम्झौताको ड्राफ सदाको लागि नेपालको जलविद्युत र खानेपानीमाथि कब्जा जमाउने षड्यन्त्र भएको भन्दै अहिले व्यापक विरोध भइरहेको छ । सो प्रस्तावकाो धारा ३ (ख)मा शतप्रतिशत भारतीय लगानीम वा भारतीय लगानीकर्तासँगको संयुक्त लगानीमा नेपालका जलविद्युत आयोजनाहरुको द्रुत विकास एवं कार्यान्वयनमार्फत विशेषतः नेपालको जवविद्युत क्षमतालाई उपयोग गर्नका लागि दुवै पक्षले सहयोेग गर्नेछन् भन्ने उल्लेख छ । यो बुँदाले नेपालको जलस्रोतको विकास भारतको एक्लो या नेपाल भारतबिचको संयुक्त लगानीमार्फत मात्र गर्ने र अन्य मुलुकका लगानीकर्ता ल्याउन नमिल्ने भन्ने बुझिन्छ ।


  •  
  •  
  •