८६ प्रतिशत विद्युत लाइसेन्स भारतीयको हातमा

112
  •  
  •  
  •  

काठमाडौं २० बैशाख ।
नेपालमा जलविद्युत आयोजना निर्माण नगरी लाइसेन्स होल्ड गर्नेमा सबैभन्दा अगाडि भारतीय प्रवद्र्धक देखिएका छन्। ऊर्जा मन्त्रालयले हालसम्म ६ हजार २२ मेगावाट विद्युतका लागि लाइसेन्स जारी गरेकोमा भारतीय प्रवद्र्धकका हातमा ५ हजार १ सय ५७ मेगावाटबराबरका आयोजना छन्। यो संख्या कुल जारी भएको लाइसेन्सको ८५.६ प्रतिशत हो।

भारतका सार्वजनिक तथा निजी गरी १४ वटा कम्पनीले ५ हजार १५७ मेगावाट क्षमताका १५ ठूला आयोजनाको लाइसेन्स लिएका छन्।  यसमध्ये एस्सर ग्रुप र नेपालीको संयुक्त लगानीमा रहेको ८२ मेगावाटको तल्लो सोलु आयोजनाको मात्र निर्माण सुरु भएको छ।

अन्य आयोजनाले विद्युत उत्पादन अनुमति पत्रका लागि विद्युत विकास विभागमा निवेदन दिएका छन्।
कारोबारबाट


  •  
  •  
  •