उर्जामन्त्रीको घोषणाः विद्‍युत उत्पादनमा संलग्न हुने कम्पनीलाई ५० लाख भ्याट छुट

203
  •  
  •  
  •  

janardan sharmaकाठमाडौँ, ३० मंसिर (ओएनएस) : सरकारले १ सय मेगावाटभन्दा कमका योजना नबनाउने भएको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इप्पानले राजधानीमा आयोजना गरेको ‘पावर समिट २०१६’ मा उर्जामन्त्री जनार्दन शर्माले अबदेखि सरकारले १ सय मेगावाटभन्दा साना जलविद्युत आयोजनामा हात नहाल्ने बताएका हुन् । १ सय मेगावाटभन्दा मुनिका जलविद्युत आयोजना निर्माणको लागि निजी क्षेत्रलाई अनुमति दिइने उनले बताए ।

नयाँ नीति अनुसार अबदेखि विद्युत प्राधिकरणले पीपीए (विद्युत खरिद सम्झौता) गर्दा ‘टेक अर पे’ (अर्थात निजी क्षेत्रका कम्पनीले उत्पादन गरेको बिद्युत आवश्यक परे खरिद गर्ने नपरे नगर्ने व्यवस्था) हटाउने भएको छ । ‘टेक अर पे’ को सट्टा ‘टेक एण्ड पे’ (अर्थात उत्पादित विद्युत प्राधिकरणले किन्नैपर्ने) को व्यवस्था गरिने र यसबाट जल बिद्युत उत्पादनको क्षेत्रमा ढुक्क भएर लगानी गर्ने वातावरण सृजना हुने उर्जामन्त्री शर्माको विश्वास छ ।  

निजी क्षेत्रका सबै बिजुली नेपाल विद्युत प्राधिकरणले किन्ने मन्त्री शर्माले बताए  ।

सरकारले विद्युत उत्पादनमा संलग्न हुने कम्पनीलाई भ्याट छुट दिने नीति अबलम्बन गर्ने जनाएको छ । जुन कम्पनीले जलविद्युत आयोजना सञ्चालन गरेर उत्पादन गर्छ, त्यसलाई अब प्रतिमेगावाट ५० लाख छुट हुनेछ ।


  •  
  •  
  •