बोगटीको स्वास्थ्य थप बिग्रियो (अस्पतालको विज्ञप्तिसहित)

71
  •  
  •  
  •  

काठमाडौं, २९ भदौ (ओएनएस) : मस्तिष्क घात भएका एमाओवादी उपाध्यक्ष पोस्टबहादुर बोगटीको स्वास्थ्य अवस्था थप बिग्रेको छ । बिहीबार राति घरमै विरामी भएपछि सोही राती गंगलाल हृदय रोग केन्द्र पुर्याइएका बोगटीलाई शुक्रबार नर्भिक अस्पताल ल्याइएको थियो ।

bogati

नर्भिकमै राखिएका उनको अहिले मृगौलामासमेत समस्या आएको बताइएको छ । सुरुमा हृदयघात भएको आशंका गरिएकोमा पछि ब्रेनहेमरेजसमेत भएको पत्ता लागेको थियो । उनको मस्तिष्कको शल्यक्रिया गर्नुपर्ने भए पनि चिकित्सकहरुले गर्न सकेका छैनन् । उनलाई उपचारका लागि विदेश लैजाने तयारी भए पनि नर्भिकका चिकित्सकले विदेश नलैजान सिफारिस गरेका थिए ।

नर्भिकले आइतबार विज्ञप्ति जारी गर्दै उनको अवस्था अत्यन्त चिन्ताजनक भएको जनाएको छ । उनको शरिर प्यारालाइसेस भएको बताइएको छ । नर्भिकको विज्ञप्तिका अनुसार बोगटीलाई हाल क्रितृम श्वासप्रस्वास दिइएको छ ।
बोगटीको स्वास्थ्य थप बिग्रेपछि एमाओवादी नेताहरु अहिले धमाधम नर्भिक अस्पताल पुगेका छन् ।एमाओवादी नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालागयतका नेता नर्भिक पुगेका छन् ।

kkkkkkkk


  •  
  •  
  •