बोगटीलाई अन्तिम श्रद्धाञ्जली ! (फोटोफिचर)

113
  •  
  •  
  •  

काठमाडौं, ३० भदौ (ओएनएस) : एमाओवादी उपाध्यक्ष पोष्ट बहादुर बोगटीलाई अन्तिम श्रद्धाञ्जली दिन राजधानीको नर्भिक अस्पतालमा भेला भएका एमाओबादी नेताहरु । अन्तिम श्रद्धाञ्जलीका लागि आज दिउसो २ बजेसम्म उनको शवलाई खुला मञ्चमा राख्ने कार्यक्रम रहेको छ । बोगटीका नाममा श्रद्धाञ्जली अर्पण गर्न एमाओबादी अध्यक्ष पुष्पकमल दहाल, उपाध्यक्ष बाबुराम भट्टराई, महासचिव कृष्ण बहादुर महरा लगायतका माओबादी नेता र प्रधानमन्त्री शुसिल कोइराला समेत नर्भिक अस्पताल पुगेका थिए ।

६२ वर्षीय नेता बोगटीलाई गत बिहीबार राति हृदय घात भएपछि गंगलाल हृदय रोग केन्द्रमा लगिएको थियो । त्यहाँ पनि सफल उपचार हुन नसकेपछि नर्भिक अस्पताल ल्याइएको थियो । उपचारका लागि विदेश लैजाने तयारी भए पनि प्लेनमै निधन हुन सक्ने जोखिमका कारण चिकित्सहरुले विदेश नलैजान सुझाव दिएपछि उनलाई नर्भिकमै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

नुवाकोटको टुप्चे–२ मा जन्मेका बोगटी तत्कालिन विद्रोही नेकपा माओवादीले शसस्त्र युद्ध सुरु गरेपछि पार्टीको पश्चिम कमाण्डमा खटिएका थिए । उनले मध्य र सुदुरपश्चिममा रहेर माओवादी अभियान चलाएका थिए । बोगटी पार्टी भित्र शालिन र नैतिकवान नेताका रुपमा परिचित थिए । माओवादी सरकारमा आएपछि उनी ३ पटक मन्त्रीसमेत बने । उनी ऊर्जा, श्रम, तथा पर्यटनमन्त्री भएका थिए । पार्टीको विराटनगरमा भएको सांगठनिक राष्ट्रिय सम्मेलनपछि उनी उपाध्यक्ष भएका थिए ।

IMG_9296 IMG_9314 IMG_9355 IMG_9361 IMG_9369 IMG_9378

IMG_9388  IMG_9397

IMG_9413

IMG_9416

IMG_9425


  •  
  •  
  •