पोषणमा सुधार ल्याउन ओखरका बिरुवा वितरण

72
  •  
  •  
  •  

मुगु । मुगुको उत्तरी सोरु गाउँपालिकामा पोषण स्थितिमा सुधार ल्याउन दाँते ओखरका विरुवा वितरण गरिएको छ ।
सोरु गाउँपालिका वडा नं १० ले पोषण स्थितिमा सुधार ल्याउन ४ हजार दाँते ओखरका विरुवा वितरण गरेको हो ।

वडा भरका ३ सय ६५ घरधुरीलाई प्रति घर १० बिरुवाका दरले ४ हजार दाँते ओखरका विरुवा वितरण गरिएको वडा अध्यक्ष धर्मराज जैशिले बताए । उनका अनुसार सोरु गाउँपालीकाको वडा नं १० ओखर खेतीको लागी राम्रो स्थान मानिन्छ ।

 त्यसैले किसानहरुलाई आयआर्जनमा सुधार गरी बालबालिकाको शिक्षामा सहयोग पुगोस् र पोषण स्थितिमा सुधार होस् भन्ने उद्देश्यले ओखरका बिरुवा वितरण गरिएको अध्यक्ष जैसी बताए ।

दाँते ओखरका बिरुवा वडा नं १० मा रहेका विद्यालय, स्वास्थ्यचौकी लगायतका स्थानमा पनि वितरण गरिएको छ । किसानहरुलाई ओखरका विरुवा वितरणसँगै खाडल खन्न र बिरुवालाई पानी हाल्न प्रति घर चार हजारका दरले रकम उपलब्ध गराइएको छ ।

दाँते ओखरका बिरुवा पाएसँगै स्थानीय खुसी भएका छन् । सोरुको वडा नं १० धैना लगायतका गाउँ ओखरको लागि प्रख्यात छन् । तर यसभन्दा अगाडी हाडे ओखर मात्र लगाईएकाले किसाहरुले आयआर्जनमा फाईदा लिन सकिरहेका थिएनन् ।

यो समय स्थानीय सरकाले दाँते ओखरका बिरुवा वितरण गरेकाले किसानको आयआर्जनमा र पोषण स्थितिमा सुधार आउने स्थानीय नन्द कृष्ण जैसीले बताए । दाँते ओखर बिरुवा सुदुर पश्चिम प्रदेशको बैतडी जिल्लाबाट ल्याएका हुन् भने यसको लागत खर्च २३ लाख रहेको छ ।


  •  
  •  
  •