विश्वकपको तयारीमा रहेको पोर्चुगल नेदरल्याण्डसँग पराजित

240
  •  
  •  
  •  

चैत १३ – विश्वकपको तयारी गरिरहेको पोर्चुगल र विश्वकपमा छनोट हुन नसकेको नेदरल्याण्डबीच गएराति भएको मैत्रीपूर्ण खेलमा पोर्चुगल पराजित भएको छ ।

सोमबार राति जेनेभामा भएको खेलमा पोर्चुगल नेदरल्याण्डससँग ३–० ले पराजित भएको हो। पोर्चुगलले तिनै गोल पहिलो हाफमा बेहोर्नु परेको थियो। खेलको ११औँ मिनेटमा नै मेम्फिस डिपेइले गोल गर्दै नेदरल्याण्डलाई सुरुवाति अग्रता दिलाए थिए। यस्तै ३२औँ मिनेटमा रायन बाबेलले गोल गर्दै पोर्चुगललाई २–० ले पछि पारेका थिए। पहिलो हाफ सकिनी लाग्दै गर्दा विर्गिल भान डिजेकले गोल गर्दै नेदरल्याण्डलाई ३–० गोल अन्तरको अग्रता दिलाएका थिए। दोस्रो हाफमा कुनै टोलीले गोल गर्न नसकेपछि पोर्चुुगल ३–० ले पराजित भयो।

यस खेलमा स्टार खेलाडि क्रिष्टियानो रोनाल्डोले केहि राम्रा प्रहार गरेपनि नेदरल्याण्डका गोलकिपरले उत्कृष्ट बचाउ गरेपछि पोर्चुगल गोल गर्नबाट चुकेको थियो।


  •  
  •  
  •