पोर्नस्टारसँग एक रात!

90
  •  
  •  
  •  

भर्खरैजसो चिनियाँहरूले नयाँ वर्ष मनाए। नयाँ वर्षमा कम्पनीहरूले कर्मचारीलाई उपहार र बोनस दिने गर्छन्। बोनसमा घर, कार, विदेश भ्रमणको अवसर आदि दिइने गर्छ। तर, एक इन्टरनेट सेक्युरिटी कम्पनीले भने नयाँ वर्षको उपलक्ष्यमा आफ्नो उत्कृष्ट कर्मचारीलाई अनौठो बोनस दिने घोषणा गरेको थियो।
इन्टरनेट सेक्युरिटी फर्म क्विहू ३६० नामक कम्पनीले आफ्नो सर्वाेत्कृष्ट कर्मचारीका लागि तीनमध्ये एक बोनस दिने बताएको थियो। ती थिए– पोर्शे कार वा इन्सोनेसियाको बालीमा एक हप्ताको टि्रप वा जापानी पोर्न कलाकार जुलियासँग एक रात बिताउने मौका।
चिनियाँ ब्लग ओएन डट सीसीले नयाँ वर्षका उपलक्ष्यमा वेब कम्पनीहरूले आफ्ना कर्मचारीलाई दिन चाहेका उपहारहरूको सूची सार्वजनिक गरेको थियो। यस साइटले क्विहू ३६० ले आफ्नो उत्कृष्ट कर्मचारीलाई जापानी पोर्न कलाकारसँग रात बिताउने मौका बोनसस्वरूप दिने बताएको थियो। जुलिया चीनमा असाध्यै लोकप्रिय छिन्। यो खबर साँचो हो कि झुटो, न क्विहूले केही भनेको छ, न जुलियाले नै। शुक्रबारबाट

  •  
  •  
  •