पोर्नस्टार अर्चना पनेरुकाे प्रेमी बताउने अमेरिकन नागरिक पक्राउ

309
  •  
  •  
  •  

काठमाडौं, २३ चैत (ओएनएस) : पोर्नस्टार अर्चना पनेरुका प्रेमी बताउने अमेरिकन नागरिक वल्फ प्रिन्सलाई शंकास्पद गतिविधि गरेकाे आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रिन्सलाई प्रहरीले २ बालबालिकालाई अवैध रुपमा घरमा राखेको आरोप पक्राउ गरिएकाे हाे।

चन्द्रागिरी– ८ भकुेण्डेचौरस्थित एक घरमा बस्दै आएका प्रिन्सलाई गोप्यकाे अाधारमा महानगरीय प्रहरी प्रभाग बलम्बुले उनलाई खोजि गरी शुक्रबार पक्राउ गरेको हो।

उनको डेराबाट २ बालबालिकालाई उद्धार गरी बालिकालाई महिला आयोगको जिम्मा लगाइएको छ। प्रिन्समाथि महानगरीय प्रहरी परिसर काठमाडौले कारबाही अघि बढाएको छ।

प्रिन्सले आफुले अर्चनासँग बिहे गरेको बताउँदै आएका छन्। उनीहरुले जोडीका रुपमा फोटो सुट पनि गरेका थिए। अर्चनाले भने उनीसँग चिनजान मात्र भएको र बिहे गरेको कुनै प्रमाण नभएको बताएकी छन्।

 

 


  •  
  •  
  •