पोर्न चलचित्र धेरै नहेर्नुस् खराब हुन सक्छ तपाईको…

2983
  •  
  •  
  •  

porn-videoकाठमाडौ/पुस : इन्टरनेटमा नियमित रूपमा पोर्न भिडियो हेर्दा यौनजीवन थप राम्रो हुन्छ भन्ने सोचाइ गलत भएको एक अध्ययनले देखाएको छ । केही समय अगाडि गरिएको एक अध्ययनले नियमित पोर्न चलचित्र हेर्दा यौनजीवनमा नकारात्मक प्रभाव पर्ने बताएको छ ।

अध्ययनका अनुसार नियमित रुपमा पोर्न भिडियो हेर्नाले मानिसको यौन क्रियाकलापप्रतिको उत्साह कम हुने खतरा बढ्न जान्छ । ‘डोपामाइन’ नामको एक न्यूरोट्रान्समिटरले मानिसको दिमागमा यौन सन्तुष्टीको उत्साहलाई कायमै राख्छ । तर, जब मानिसले नियमित पोर्न चलचित्र हेर्ने गर्छन् तब, मानिसको दिमागमा डोपामाइनको असर कम हुन जान्छ र यौन उत्साहमा कमी आउँछ ।

एक यौन विशेषज्ञका अनुसार इन्टरनेटमा जुन पोर्न भिडियोहरू सहजै पाइन्छ त्यसले मानिसलाई सुरूमा त निकै आनन्द दिन्छ । तर, जब मानिसको दिमागमा त्यसको प्रभाव कम हुँदै जान्छ तब, यौनप्रतिको आशक्ति पनि कम हुँदै जान्छ, जसले मानिसको यौन जीवनलाई बिगार्न सक्छ ।

इन्टरनेटमा देखाइने पोर्न भिडियोहरू प्राकृतिक नहुने यौन विशेषज्ञहरुको भनाइ छ । पोर्न चलचित्रमा देखिएजस्तै आम मानिसले गर्न चाहन्छन् तर, देखाइएको जस्तो गर्न मानिस असफल हुन्छ र उसलाई असहज समेत महसुस हुन्छ । यसबाट मुक्ति पाउने औषधीहरु पनि पाइन्छन् तर, सबेभन्दा राम्रो उपाय पोर्न भिडियोहरू नहेर्नु नै राम्रो हुन्छ । तर, सबैभन्दा राम्रो उपाय पोर्न भिडियो नहेर्नु नै हुन्छ ।


  •  
  •  
  •