पोर्न स्टारमा एचआईभी पोजेटिभ भेटिएपछि पोर्न चलचित्र निर्माण बन्द

98
  •  
  •  
  •  

pornकाठमाडौ, ३० भदौ (एजेन्सी) : अश्लिल चलचित्रमा काम गर्ने एक पोर्न स्टारमा एचआईभीको भाइरस भेटिएपछि ती स्टारले काम गर्दै आएको कम्पनीले अश्लिल चलचित्र निर्माणमा रोक लगाउने भएको छ ।

क्यालिफोर्नियाको एक अश्लिल चलचित्र निर्माण कम्पनीले चलचित्र निर्माण गर्ने क्रममा गरेको परिक्षणमा एक पोर्न स्टारमा एचआईभी संक्रमण देखिएपछि अन्यमा समेत सर्न सक्ने भन्दै चलचित्रको निर्माण बन्द गरिएको हो । उक्त कम्पनीका प्रमुख डियाने ड्युकले ती पोर्न स्टारको थप परिक्षण भइरहेको बताएका छन् ।

उनले भनेका छन्, ‘परिक्षण केन्द्रमा परिक्षण गर्दा एक जनाको रगतमा एचआईभीको संक्रमण देखियो । त्यसको थप जाँचका लागि पठाएका छौ, जसको रिपोर्ट आइसकेको सकेको छैन्, तर हामीले आवश्यक पर्ने सम्पूर्ण सुरक्षाका उपायहरू अपनाइरहेका छौ ।’

‘हामीले काम गर्ने सबैको स्वास्थ्यको ख्याल गर्नुपर्छ र अहिले अवस्थामा हामीले के लाग्यो भने हामीले यस्तो विषयमा गल्ति गर्नुहुदैन ।’ उनले थपे । उनले परिक्षणको नतिजा नआएसम्म निर्माण कार्य नगरिने बताएका छन् । उनले परिक्षणपछि मात्र आवश्यक निर्णय लिइने बताए ।

उक्त कम्पनी सन् १९९१ मा स्थापना गरिएको हो ।


  •  
  •  
  •