पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरिने

193
  •  
  •  
  •  

काठमाडौं । पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजदूतावास स्थापना गर्ने निर्णय गरेको बताइन् ।

हाल विभिन्न २५ देशमा नेपाली राजदूतावास छन् । अब पोर्चुगलमा थपिने भएसँगै २६ देशमा नेपाली राजदूताव हुनेछन् । नेपालले १० हजारभन्दा बढी नेपाली रहेको मुलुकमा नेपाली कूटनीतिक नियोगको स्थापना गर्ने निर्णय गरेको थियो ।गत भदौं २५ र २६ गते बसेको प्रधानमन्त्रीसहितको बैठकले कुटनीतिक नियोग स्थापना गर्ने निर्णय गरेको थियो ।


  •  
  •  
  •