पोर्चुगल । पोर्चुगलमा एक सातको अवधिमा तीन नेपालीको मृत्यु भएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ ।
थापाको हृदयघातका कारण निधन भएको पारिवारले जनाएको छ । उनलाई मधुमेह र उक्त रक्तचापको समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ ।
यस्तै यहि डिसेम्बर ८ मै नुवाकोटका ४१ वर्षीय नवीनकुमार पाठकको निधन भएको थियो ।
लगत्तै गत मंगलबार करिब एक वर्षअघि पोर्चुगल आएका पोखराका २९ वर्षीय युवकको उनकै कोठामा मृत्यु भएको थियो ।